केही समय अघि, फिलिपिन्सकी एउटी केटीसँग मेरो भेट भएको थियो। पहिलो पटक देख्दा नै उसको मुस्कानले मलाई भुतुक्क बनाएको थियो। उसको आँखा झन् समुद्रजस्तै गहिरो, अनि बोली त्यति नै मिठासले भरिएको। पहिलो भेटमै हामीबीच एउटा मिठो सम्बन्धको धागो तानिएको जस्तो लाग्यो। त्यसपछि हामी कहिलेकाहीँ फोनमा कुरा गर्थ्यौं, भेट्दा टहलिन जन्थ्यौं, शहरका गजबका गल्लीहरूमा घुम्थ्यौं। सुरु–सुरुमा ऊ अलिकति लजालु स्वभावकी थिई। म जब उसको हात समात्ने कोसिस गर्थें, ऊ मुस्कुराउँदै टाढा हट्थी।
तर त्यो मुस्कानमै चाहिँ प्रेमको झिल्को देखिन्थ्यो। ऊ जति टाढा हुन खोज्थी, म उति नजिक महसुस गर्थें। प्रेम भनेको यस्तो रमाइलो कुरा रहेछ—नजिक नआइकनै नजिक भएको अनुभूति। एकदिन मैले उसलाई बेलुकी भेट्न आग्रह गरेँ। त्यो दिन ऊ कामबाट फुर्सदमा रहिछे। हामी बेलुकी साढे पाँचतिर भेट्यौं र सधैंजस्तै शहर घुम्न निस्कियौं। शिबुया भन्ने ठाउँमा पुग्दा उसको सौन्दर्य झनै दमकिएको थियो। हल्का पवनमा उसका कपाल खेलिरहेका, आँखामा नयाँ उमंग झल्किरहेको। मलाई लाग्यो, यो साँझ केही फरक हुनेछ। हामीले 👉 Click Here for Full Story