सिरानबजारको चौतारी बिहानैदेखि सरहरूका भेटघाटले गजब चहलपहल हुने ठाउँ थियो। ठूला-ठूला वरपिपलका हाँगाहरूले छायाँ दिएको त्यो चौतारी मानौँ गाउँको हृदय जस्तै लाग्थ्यो। त्यही चौतारीमा दिनहुँजसो करिब साढे नौतिर सबै सरहरू जम्मा भई गफगाफ, चिया–चमेना र समाचारको रसास्वादन गर्दै बसेका देखिन्थे। तर सबैभन्दा धेरै प्रतीक्षा हुने व्यक्ति भने अर्कै थिइन्—काजल मिस। काजल मिस चौतारीमा कदम राख्नेबित्तिकै वातावरण नै उज्यालो हुनेजस्तो लाग्थ्यो। उनको हिँडाइमा आत्मविश्वास थियो, बोलीचालीमा मिठास थियो। उनी सामान्य पियनको जागिरमा भए पनि सबै सरहरूसँग परिचय पक्कै मजबुत थियो। कहिले कोही सरसँग मजाक गर्थिन्, कहिले कसैलाई गाउँको घटना सुनाउँथिन्। उनको हाँसोले चौतारी भरिन्थ्यो, जसले गर्दा थाकेका कर्मचारीहरूको अनुहारमा पनि नयाँ चमक आउँथ्यो। उनलाई देख्नेबित्तिकै सरहरू झन् सक्रिय भई गफ फुराउँथे। कुनैले उनको हातमा बोकेको फलफूल देखेर कुरा काट्थे— “आज के ल्याउनु भएको हो मिस?” काजल हाँस्दै भन्थिन्, “आज काफल पाको रहेछ जंगलमा, तपाईंहरूलाई ल्याइदिएँ।” त्यस्तो सानो ध्यानले पनि सबैको मन जित्थ्यो। अरू जागिरेहरूले सकसका कुरा गर्थे, तर काजल मिस भने सधैँ सकारात्मक देखिन्थिन्।
चौतारी वरिपरि रमाइलो चहलपहल भए पनि उनको मन भने कहिलेकाहीँ गम्भीर हुन्थ्यो। सबै सरहरू उनलाई जिस्काइरहन्थे तर उनीभित्र खासै कुरा कसैसँग बाँड्न सक्ने ठाउँ थिएन। तर त्यही भीडमा एक जना सर थिए, जसको नजर सधैं केही अलग हुन्थ्यो। उनी
👉 Click Here for Full Story