म निशान्त, गौरीघाटको बासिन्दा। अहिले व्यवस्थापन विषयमा स्नातक तहको तेस्रो वर्षमा पढ्दैछु। मेरो जिन्दगी अरु युवाहरूझैं सामान्य नै थियो—कलेज, साथीहरू, रमाइलो, पढाइ, अनि कहिलेकाहीँ हाँसो ठट्टा। पहिला मेरो प्रेम सम्बन्ध थियो, तर त्यो टिकेन। त्यो अध्याय सकिएपछि म साथीहरूको ग्रुपसँगै धेरै समय बिताउँथेँ। हाम्रो कलेज नजिकै एउटा सानो तर रमाइलो क्याफे थियो। त्यही क्याफे हाम्रो “ह्याङ्गआउट स्पट” जस्तै बनिसकेको थियो। क्लास सकिएपछि हामी त्यहीँ जम्मा हुन्थ्यौँ—कफी पिउँदै, कुरा गर्दै, कहिले गम्भीर त कहिले ठट्टा गर्दै। एकदिन त्यही क्याफेमा मेरो नजर अचम्मको रूपमा अडियो।
ढोकाबाट एक युवती प्रवेश गरिरहेकी थिइन्। उनको नाम पछि मात्र थाहा पाएँ—आशा। उनी सधैँजसो एक्लै आउँथे, सायद कलेज सकेर सिधै त्यहीँ पस्ने गर्थिन्। उनको शरीर दुब्लो, अनुहार उज्यालो, अनि हाँसो… यस्तो लाग्थ्यो, हावामा मिठास घोलेर
👉 Click Here for Full Story