जनकपुरको पुरानो गल्लीहरू, साँझपख घाम अस्ताउँदै गर्दा झन् सुनौलो देखिन्थे। त्यही गल्लीमा हुर्केका दुई साथी — म र गौरव। हामी बाल्यकालदेखि नै एकअर्काको आत्मा जस्तै भइहाल्थ्यौं। बिहान स्कुल जाने बेलामा ढोका ढकढक्याउने, किताबको पाना हराए साथीको कापीबाट उतार्ने, बेलुकी फुटबल खेल्ने, अनि आमा-बुबाको आँखाबाट लुक्दै सँगै चियापसलमा चिया चुस्क्याउने हाम्रो दिनचर्या जस्तै थियो। स्कुलमा पुगेपछि गौरवको ध्यान पढाइभन्दा बढी एउटी युवतीतिर जान्थ्यो। लामो कपाल, हल्का हाँसो, अनि नाकमा सानो डोठे फुली—त्यो देख्दा गौरवको मन चन्चल हुन्थ्यो। म उसको सबैभन्दा मिल्ने साथी भएकाले, स्वाभाविक रूपमा उसको “प्रेम–मिशन” को भागीदार बनें। " केही महिना यस्तो गुप्त तयारी र सानो–सानो प्रयासपछि त्यो युवतीले गौरवसँग आत्मीय सम्बन्ध गाँस्न थाली। एकदिन स्कुल छुटेपछि हामी तीनैजना मिलेर घर फर्कँदै थियौं। बाटोको बीचमै गौरवले साहस गरेर उसको हात समायो। त्यो क्षणमा गौरवको अनुहारमा यस्तो चमक थियो, मानौं उसको संसार पुरै बदलिएको हो। म छेउमै हाँस्दै उसको खुशीमा रमाइरहेको थिएँ। हाम्रो उमेर त्यति बेला ११–१२ वर्ष मात्रै भए पनि त्यो स्पर्श गौरवका लागि अनमोल सम्झना बन्यो। हाम्रो गाउँमा त्यतिबेला केटी–केटाबीचको सम्बन्धलाई धेरै अघि बढ्न दिइँदैनथ्यो। अझ पढ्न मन पराउने युवतीलाई कतिपय परिवारले छिट्टै विवाह गरिदिन्थे। त्यही भयो, अर्को साल नै त्यो केटीलाई टोलका मान्छेहरूले डम्फु बाजाउँदै, गाजाबाजा बजाउँदै विवाहमा पठाइदिए।
गौरवको मनमा ठूलो खालीपन आयो। स्कुलको कुर्सीमा उसको नजर हराउने भयो, खेलकुदमा जोश घट्यो। म साथी भएर सधैं उसको मन बुझ्ने कोसिस गर्थें। उनी जान्दथे, मैले पनि त्यो युवतीलाई मन परेको कुरा। तर हामी दुईबीच प्रतिस्पर्धा होइन, सहयोग मात्र थियो। उसको प्रेम सफल बनाउन म पनि लागिपरेँ। तर त्यो युवतीसँग मेरो सम्बन्ध कहिल्यै विशेष बन्दै गएन। हाम्रो उमेर त्यस्तो थियो कि भावनाको गहिराइ बुझ्ने समय थिएन। बरु, साथीको खुशीलाई प्राथमिकता दिनु नै ठूलो कुरा लाग्थ्यो। आज पनि सम्झँदा लाग्छ—त्यो बाल्यकालको प्रेमकथा सानो झिलिमिली बत्ती जस्तै थियो, जुन छिट्टै निभ्यो तर मनमा सधैं उज्यालो गरेर बसिरह्यो। 👉 Click Here for Full Story