कोरोनाको पहिलो लहर सुरु हुनु भन्दा करिब तीन महिना अघि म नयाँ घरमा सरेको थिएँ। त्यो बेला कलेजको अन्तिम वर्ष चलिरहेको थियो। क्याम्पस घर नजिकै थियो, वरिपरि शान्त वातावरण, पढाइका लागि एकदमै उपयुक्त। घर तीन तले, म भने भुइँतलामा बस्ने। पहिलो तलामा केही कोठा, दोस्रो तलामा भान्छा अनि माथि विशाल छत—साँचै भन्नुपर्दा, काठमाडौंजस्तो ठाउँमा यस्तो फुर्सदिलो आँगन भेटिन्छ भनेर सोचेको पनि थिइनँ। घरबेटीको नाम निरा आंटी। उमेरले ५८ काटिसक्नुभएको भए पनि उहाँको अनुहारमा एक किसिमको चमक, एक किसिमको आत्मियता झल्कन्थ्यो। म पहिलोपटक कोठा हेर्न गएको दिनको कुरा अझै सम्झन्छु। ” भन्ने सोच आयो। तर आंटीले ढोका खोलेर मुस्कुराउँदै स्वागत गर्नुभयो। ” उहाँको स्वरमा त्यति आत्मियता थियो कि म तुरुन्तै सहज भएँ। सुरुका केही दिन आंटीलाई अलिक नजिकबाट चिनेँ। उहाँलाई गफ गर्न मन पर्थ्यो। कहिले पुराना दिनका याद सुनाउनुहुन्थ्यो, कहिले आफ्ना संघर्ष। विश्वविद्यालयबाट फर्केर थाकेर आउँदा उहाँले पकाएको नास्ता सजिलोसँग अघि राखिदिनुहुन्थ्यो। “एक्लै छौ, किन दुःख गर्छौ र? मलाई त पाकाएर बाँड्न सजिलो हुन्छ,” भन्दै हाँसिदिनुहुन्थ्यो। त्यो हाँसोमा खासै बुझ्न नसकिने न्यानोपन हुन्थ्यो, जसले मलाई आफू परिवारदेखि टाढा भए पनि नजिकै कोही आफ्नै भएको अनुभूति दिन्थ्यो। लकडाउन सुरु भएपछि कथा अझ रोचक बन्दै गयो।
दिनभर घरमै बस्नुपर्ने, सुरुमा रमाइलो लागे पनि सात–आठ दिनमै बोर लाग्न थाल्यो। चलचित्र, किताब—सबै खुरुखुरु सकियो। आंटी पनि त्यस्तै—टेलिभिजन देखेर वाक्क। साँझतिर हामी छतमा भेटिन्थ्यौँ। आंटी भाँडा माझ्दै गर्नुहुन्थ्यो, म छेउमै बसेर कुरा सुन्दै। कहिले उहाँ आफ्नी सासु कत्तिको कडा हुनुहुन्थ्यो भनेर सुनाउनुहुन्थ्यो, 👉 Click Here for Full Story