धादिङको एउटा टाढाको गाउँमा मेरो सरुवा भयो। काठमाडौंको चहलपहलमा धेरै वर्ष बिताइसकेपछि त्यो गाउँ पुग्दा पहिलोपटक लाग्यो—म अर्कै संसारमा आएको छु। यहाँ त शहरजस्तो भीड छैन बजारको धुलो र सवारीको हल्ला छैन केवल हरियो वन खेतका पाखा र खोला बग्ने मधुर आवाज मात्र। साँझ परेपछि टाढाबाट झिँगा–भ्यागुताको आवाज सुनिन्थ्यो बिहान सूर्योदयसँगै चराचुरुङ्गीको स्वरले बिउँझाइदिन्थ्यो। गाउँ शान्त थियो तर त्यो शान्तीभित्र एक किसिमको रहस्य लुकेको महसुस हुन्थ्यो। विद्यालय खोज्दै गर्दा एउटा साधारण घरमा कक्ष भाडामा लिन पाएँ। त्यही घरमै मेरो नयाँ यात्राको सुरुवात भयो। घरकी आमाले निकै आत्मीय व्यवहार गर्नुभयो। “हजुर शहरबाट आउनु भएको शिक्षक हो हाम्रो लागि त भाग्य खुल्यो सर ” भनेर स्वागत गर्नुभयो। उहाँसँगै एउटी युवती पनि थिइन्—घरकी जेठी छोरी नाम थियो निकिता। निकिता पहिलोपटक देख्दा नै आँखा अड्कियो। गाउँमै हुर्केकी भए पनि उसको व्यक्तित्वमा एउटा सभ्यता र सरलता झल्कन्थ्यो। उमेरले बीस-बाइस वर्षकी जस्तै अनुहारमा बालपनको चमक अझै बाँकी तर आत्मविश्वास भने परिपक्व थियो। लजालु मुस्कान गोरो अनुहार र गाउँलेपन मिसिएको बोली। शहरमा मैले देखेका कृत्रिम सजावट नभए पनि उसको स्वाभाविक सौन्दर्य मन छुने खालको थियो। उहाँकी आमाले एकदिन मलाई भन्नुभयो “सर मेरी छोरी पढाइमा कमजोर छ। ” त्यस दिनदेखि मेरो र निकिताको नजिकिँदो सम्बन्ध सुरु भयो।
बेलुकीको भोजनपछि हामी पढ्ने बहानामा एउटै कोठामा बस्न थाल्यौं। पढाइ सुरु त हुन्थ्यो तर धेरैजसो समय उसको बाल्यकालका रमाइला घटनाहरू गाउँको संस्कृतिका कथा अनि भविष्यप्रतिको सपना सुनाउनै बित्थ्यो। उसलाई पढाइ भन्दा बढी आफ्ना कुराहरू बाँड्न मन पर्थ्यो। म पनि शिक्षकभन्दा साथीको भूमिकामा रमाउन थालेँ। मलाई लाग्यो—शहरमा किताब र मोबाइलभित्र मात्रै जीवन खोज्ने हामीभन्दा गाउँले युवतीहरूको संसार फरक हुन्छ। उनीहरू साना कुरामा खुशी हुन्छन्। खेतको पाखामा फुलेको फुल वर्षामा बग्ने खोला वा मेलामा गाइएको देउसीभैलो—यी नै उनीहरूको प्रेरणा। निकिता पनि त्यस्तै थिई। दिनदिनै भेट्दा उसको नजरमा विश्वास र आत्मीयता बढ्दै गयो। कहिलेकाहीँ पुस्तक पल्टाउँदा हाम्रो हात आकस्मिक रुपमा छोइन्थ्यो अनि अनायासै दुवै चुप लाग्थ्यौं। त्यो मौनतामा अनौठो स्पर्श थियो—कुरा भन्दा गहिरो आवाज भन्दा मीठो। एकदिन उसले हतारमा भनिन् “सर मैले त कहिल्यै शहर देखिन। ” मैले हाँस्दै जवाफ दिएँ “शहरको चमकभन्दा यहाँको शान्ती सुन्दर छ निकिता। ” त्यो वाक्य सुनेपछि ऊ टोलाएर हेरिरही। त्यो नजरमा भविष्यको आशा थियो। 👉 Click Here for Full Story