चितवनको भरतपुर शहर आफैंमा रमाइलो छ । हरियो रुखबिरुवा, चौडा सडक, अनि बिहानबेलाको चरा–चुरुङ्गीको आवाजले यस शहरलाई अझै आत्मीय बनाइदिन्छ । यही शहरको एक कुनामा हाम्रो दुई कोठे फ्ल्याट छ । दिदी चितवन मेडिकल कलेजमा काम गर्नुहुन्छ र उहाँकै ड्युटीले हाम्रो घरभित्र कहिले चहलपहल, कहिले त सुनसानजस्तै शान्त वातावरण हुन्थ्यो । फ्ल्याट सानो भए पनि न्यानोपनले भरिएको थियो । भान्साको छेउमा सानो बरण्डा थियो, जहाँ हामी दुईजना धेरैजसो बेलुका चिया खान बस्थ्यौं । कहिले–काहीँ हल्का संगीत चलाइन्थ्यो, कहिले त बस् रमाइला कुरा–गफमै समय बित्थ्यो । त्यही बरण्डामा हामीले परिवार, भविष्य अनि कहिलेकाहीँ पुराना बाल्यकालका सम्झनासमेत साट्ने गर्थ्यौं । म अक्सफोर्ड कलेजमा BCA अन्तिम सेमेष्टरमा थिएँ । पढाइको चापले कहिले–काहीँ थकाइ लागे पनि कम्प्युटरमै खेल्दै–खेल्दै नयाँ कुरा सिक्ने मेरो बानी थियो । दिदीसँग चाहिँ सानो ल्यापटप थियो । ड्युटी सकिएपछि दिदीले फेसबुकमा साथीहरूसँग कुरा गर्न, नयाँ फोटो हेर्न वा रमाइला भिडियो हेरेर तनाव घटाउने गर्थिन । हाम्रो बीचमा खासै धेरै कुरा–गफ नहुने भए पनि, हामी एउटै घरमा बस्दा सधैं एक–अर्काको उपस्थितिलाई महसुस गर्ने गर्थ्यौं । दिदी नर्सिङमा मास्टर्स गर्ने योजना बनाएकी थिइन्, त्यसैले विवाहलाई केही वर्ष पछाडि सार्ने निर्णय गर्नुभएको थियो ।
उहाँको जीवनमा कोही विशेष व्यक्ति (मेडिकल कलेजकै एक डाक्टर) भएको कुरा मैले सुनेको थिएँ, तर म कहिल्यै उहाँलाई भेट्न वा देख्न पाएको थिइनँ । यतिबेला भने दिदी अलि गुमसुम देखिन्थिन । अनुहारको चमक घटेजस्तो लाग्थ्यो । हाँसो पनि पहिलेजस्तो प्रफुल्ल हुँदैनथ्यो । मलाई लाग्थ्यो, सायद दिदी र उहाँको डाक्टर साथीबीच केही समस्या भएको होला । तर हाम्रो सम्बन्ध यस्तो थियो कि हामी व्यक्तिगत कुरा प्रायः साटासाट गर्थेनौँ । त्यसैले जति चासो राखे पनि दिदीले भनिदिनुहुन्छ कि भन्नेमा मलाई शंका लाग्थ्यो । हप्तामा दिदीको ड्युटी फेरि–फेरि हुन्थ्यो । कहिले बिहान, कहिले दिउँसो, कहिले रातभरको नाइट ड्युटी । नाइट ड्युटी परेमा बिहान चारबजे तिर मात्र घर फर्किन्थिन्, म चाहिँ सात बजे कलेज जाने । दिदी नभएको बेलामा म प्रायः खाना पकाउँथेँ, अनि दिदीले पनि त्यस्तै गर्थिन् । कहिले दुवै व्यस्त हुँदा बाहिरको सानो होटलमा गएर खाने बानी थियो । शुक्रबारको बेलुका थियो, दिदी नाइट ड्युटीमा जान लाग्नुभएको थियो । हामीले सँगै खाना खायौं, अनि म 👉 Click Here for Full Story