केही वर्षअघि को कुरा हो। जीवनको त्यो उमेर, जहाँ सपनाहरू अझै रंगिन हुन्छन्, मनले सानो कुरा देख्दा पनि ठूलो अर्थ खोज्छ, अनि प्रेम भन्ने शब्दले कानमा पर्दा मुटु असाध्यै तिब्र धड्किन्छ। म पोखरामा बस्ने, मुस्कान चाहिँ साराङकोटकी। पढाइको लागि म पृथ्वीनारायण क्याम्पसमा बीबीएस भर्ना भएको थिएँ। त्यही क्याम्पसले हाम्रो भेट गरायो। मुस्कानलाई पहिलोपटक देख्दा नै मनमा एउटा अचम्मको झस्का लाग्यो। उनको सरलता, हल्का मुस्कान अनि आँखामा देखिने निरागसता– त्यसैले मलाई खिचेको थियो। म भने अलि खेलक्क किसिमको, साथीहरूसँग रमाइलो गर्ने, कहिलेकाहीँ अनावश्यक हल्ला गर्ने स्वभावको। कक्षामा कहिलेकाहीँ चक लिएर पछाडिबाट उनको डेस्क नजिकै फ्याँक्ने गर्थें, ताकि उनले पल्टेर मलाई एक नजर हेरेला। पहिला–पहिला उनी बेवास्ता गर्थिन्, जस्तो म अस्तित्वमै छैन। तर साथीहरूको कुरा सुन्दा, “मुस्कान र ऊबीच केही त चल्दैछ” भन्ने हल्ला फैलिन थाल्यो। त्यही कारण होला, उनी पनि विस्तारै मलाई वास्ता गर्न थालिन्। अब हामीबीच सामान्य कुराकानी हुन्थ्यो, नजिकिँदै गइरहेको दूरी हर दिन छोटिँदै गइरहे जस्तो लाग्थ्यो। एकदिन हिम्मत गरेर मैले प्रस्ताव राखें–
“हामी कतै घुम्न जाउँ न।” उनी केही समय मौन रहिन्, तर अन्ततः हल्का हाँसो गर्दै “ठिक छ” भनिन्। त्यो दिन मेरो लागि विशेष क्षण थियो। हामीले गफ गर्दा–साराङकोट जान भन्ने सुझाव आयो, तर उनले भने, “त्यहाँ त सबैले देख्छन्, बरु अर्को शान्त ठाउँ जाऔं।” अन्ततः माटेपानी गुम्बा जाने निर्णय भयो। गुम्बा पुगेपछि त्यहाँको शान्त वातावरण, हावामा फैलिएको चन्द्रधूपको सुगन्ध, टाढा–टाढासम्म देखिने हरियाली... त्यो सबैले मनलाई असाध्यै आनन्दित बनाइरहेको थियो। मसँग बसेकी मुस्कान समय–समयमा हल्का मुस्कुराउँथिन्, अनि मलाई लाग्थ्यो– “यति नजिक त पहिले कहिल्यै पाएको थिइनँ।” गुम्बाको वरिपरिको जंगलतिर हामी अलिकति टहलिएँ। पाखुरामा हल्का हावाको स्पर्श थियो, मुटु भने असाध्यै छाल भासिन्थ्यो। 👉 Click Here for Full Story