मेरो कान्छी बहिनी परिवारकै सबभन्दा प्यारी थिई। घरमा सबैले उसलाई पुल्पुल्याएर हुर्काएका थियौँ। हाँसो-ठट्टा, लाड-प्यार सबैभन्दा बढी उसैलाई गर्थ्यौँ। तर एक वर्षअघि उसको जीवनले ठूलो मोड लियो। क्याम्पसमा पढ्ने क्रममा उसले एउटा मगर केटासँग माया बसालिछे। परिवारलाई केही नभनी उनीसँगै विवाह गरिदिई। हामी बाहुन परिवार, त्यो पनि अलि कट्टर सोच भएका। आमा–बुबाले सधैं "छोरी भने आफ्नै जातमा बिहे गर्नुपर्छ" भन्ने अठोट राख्नुभएको थियो। हामी दिदीबहिनीमध्ये अरू सबैको बिहे त्यहीँ अनुसार भएको थियो। तर कान्छीले भने आफ्नै बाटो रोजी। त्यो सुनेर आमा–बुबा यति रिसाउनुभयो कि बहिनीलाई मृत्युसमान मान्नुभयो। "हामीसँग कान्छी छैन," भनेर बारम्बार भन्नुहुन्थ्यो। हामीलाई पनि अपमानित महसुस भएको थियो। समाजको डर, मान्छेको कुरा, अनि बहिनीले धोका दिएको पीडा… सबै मिसिएको थियो। तर मनको कुनामा उसप्रति माया अझै बाँकी थियो। डर थियो, कतै उसले दुःख पाओस् कि भन्ने। तर कान्छीले एक वर्षसम्म सम्पर्क नै राखिन। हामीलाई थाहा थियो—उनी पोखरामा बस्छिन्, स्कुलमा पढाउँछिन्। उनका श्रीमान्, हाम्रा ज्वाइँ, बैंकमा काम गर्छन्। बस यत्ति मात्र। त्यसपछि एकदिन अचानक फोन आयो। कान्छीको आवाज सुन्नासाथ मन ढुकढुकी रोकिएजस्तो भयो। दिदीबहिनीहरू सबै भावुक भयौँ, आँखाबाट आँसु बग्यो। कान्छीले हाम्रैसँग पहिलोपटक आफ्नो नयाँ जीवनको खबर सुनाइ—एक हप्ता अघि उसको छोरा जन्मिएको रहेछ।
खुशी त लाग्यो, तर त्यसैसँगै पीडा पनि सुन्नुपर्यो। " त्यसैले केही दिन सँगै बस्ने मनसायले पोखरातिर लागेँ। बसपार्कमा ज्वाइँ नै मलाई लिन आएका थिए। उमेरले त नौलो लागे तर अनुहारमा आत्मविश्वास र हाँसो थियो। सजिलो स्वभावका, भलाद्मी देखिन्थे। मोटरसाइकलमा राखेर मलाई घरतिर लगे। बाटोमा हामीबीच सामान्य कुरा भयो—काम, घर, कान्छीबारे। उनले सधैं हाँस्दै बोल्थे, त्यसैले मलाई पनि सहज महसुस भयो। उनीहरू चिप्लेढुंगामा सुन्दर फ्लाटमा बस्दारहेछन्। दुई 👉 Click Here for Full Story