साँझको झुल्कोमा कार्यालयबाट थकित शरीर लिएर फर्किरहेको थिएँ। सडकमा बाक्लो भीड, मोटरसाइकलको आवाज, अनि ट्राफिकको कोलाहलबीच अचानक मोबाइल फोन बज्यो। मोटरसाइकल छेउ लगाएर, हेल्मेट खोलेर, पकेटबाट फोन निकालें। स्क्रीनमा देखिएको नामले एकछिन हृदय जोडले धड्काइदियो—आशा नगरको परिचित स्वर सुन्ने मौका पाएको थिएँ। ” मैले हल्का मुस्कानसहित सोधेँ। “ठीकै छ। तपाईंको के छ? ” उनले आफ्नो सधैं मिठो स्वरमा जवाफ दिइन्। ” “म पनि यहीँ छु नि। ” उनको बोलीमा हल्का गुनासो मिसिएको थियो। मैले आफ्नो दैनिकी, कामकाजका कुरा सुनाएँ। उनले पनि आफ्ना पढाइबारे बताइन्—मास्टर सकिसकेकी रहिछन्, थेसिस लेख्ने मात्र बाँकी। अर्को सातादेखि काम सुरु गर्ने योजनामा रहिछिन्। ” मैले खुसी हुँदै भनेँ, “अब आफ्नै कमाइ, आफ्नै जिम्मेवारी... ” “पार्टी दिन्छु। तर तपाईंले त भेट्नै आउनुन्न,” उनले मुस्कुराउँदै भनिन्। त्यो वाक्य सुन्नासाथ मनभित्र एक प्रकारको तातोपन जाग्यो। ” उनले सास फेरेर भनिन्, “समय मिलाउनै गाह्रो छ। क्याम्पस, काम, अनि परिवार... सबैलाई सन्तुलन मिलाउन कहिले काँही आफैं थाकेजस्तो लाग्छ। तर... ” त्यो वाक्य मेरो कानमा मात्र होइन, मुटुसम्म आइपुग्यो। मैले भनेँ, “ठिक छ, म पनि प्रायः बेलुकी खाली हुन्छु। ” फोन केही बेर अझै चलिरह्यो। हामीले एकअर्काको हालखबर साट्यौँ। अन्ततः शुभरात्रि भन्दै फोन राख्यौँ।
तर फोन काटेपछि मनमा पुराना यादहरू ज्वारभाटाजस्तै उम्लिन थाले। करीब दस वर्षअघि चिनजान भएको युवती थिइ उनी। त्यो बेला उनी हाम्रो घरबेटीकी छोरी थिइन्। पहिलो भेटमै उनको हाँसो, उनका बोल्ने तरिका, उनको कोमल दृष्टिले मलाई गहिरो रूपमा छोएको थियो। म त तुरुन्तै उनको प्रेममा फसेको थिएँ। तर 👉 Click Here for Full Story