के भयो यति उदास देखिन्छस्? मैले दर्पणलाई सोधेँ। ऊ मेरो फ्ल्याटमेट क्याम्पसमा पढ्दा तीन वर्ष कान्छो भाइ। करिब एक वर्षदेखि हामी एउटै फ्ल्याटमा बस्दै आएका थियौँ। दर्पणको अनुहारमा अलिकति उदासी झल्किन्थ्यो। उसले थकित स्वरमा भन्यो दाइ मनमा धेरै कुरा थिचिएका छन्। फेरि दिप्क्षिताको कुरा हो? मैले अनुमान गरेँ। उसले टाउको हल्लायो। हो नि। साथमा हुँदा पनि नजिकै भएको जस्तो लाग्दैन। ऊ भन्छे म पूर्ण मनले उसको साथ दिँदैन रे। म आफैं पनि त्यही महसुस गर्छु। म उसलाई ध्यानपूर्वक सुनिरहेँ। तर तिमीहरू त प्रायः सँगै हुन्छौ जस्तो लाग्छ। त्यही समस्या हो दाइ। ऊ सधैं आफ्नो समय अनुसार भेट्न चाहन्छे। मैले मिलाउन सक्दिन। अनि चित्त दुखाउँछे। मैले मुस्कुराउँदै भनें सबै युवती त्यस्तै संवेदनशील हुन्छन् होला। अझ तिमीले पुरानो सम्बन्ध टुटेपछि चाँडै नयाँ सम्बन्ध सुरु गरेकोले पनि अझै मन बस्न सकेको छैन। दर्पणले सानो सास फेर्यो। बिहे गर्ने मौका त छ दाइ। परिवारले पनि रोक्दैन। ऊ राम्रो केटी हो—पढेकी शान्त बुझ्ने खालकी। तर उमेरको कुरा आयो भने? म त २९ पुगिसकेँ ऊ त भर्खर २२। कहिलेकाहीँ उमेरकै कारण हाम्रो कुरा नमिलेजस्तो लाग्छ। मैले उसलाई सम्झाएँ सानो छे बिस्तारै बुझ्ने गर्छे। तिमीले धेरै चिन्ता गर्न पर्दैन।
दर्पण अझै गम्भीर देखियो। तर ऊ मेरो पहिलो प्रेममा हो। उसलाई चोट पुर्याउन चाहन्न। मसँग ब्रेकअप भएमा उसको संसार नै भत्किन्छ भन्ने डर लाग्छ। मैले उसलाई कस्तो रमाइलो भाइझैँ महसुस गरेँ। भित्री मनमा म पनि प्रेमको चोट झेलेको थिएँ त्यसैले उसको पीडा बुझ्थें। त्यसो भए अहिलेलाई ब्रेकअप नगरेकै ठीक हुन्छ मैले सल्लाह दिएँ। तर उसले फेरि अर्को चिन्ता सुनायो। दाइ अर्को हप्ता म आवास फर्किँदैछु। घरमा त मेरो बिहेको कुरा उठिसक्यो। लम्बेतान दूरीमै सम्बन्ध राख्न गाह्रो हुन्छ। मलाई भन्दा दिप्क्षितालाई नै बढी गाह्रो हुने हो। उसलाई कसरी भन्ने भन्नेमा अलमल छु। मैले उसको आँखातिर हेरें। सुरुको सम्बन्ध टुट्दा सजिलो हुँदैन। तर समयसँगै सब थामिन्छ। तिमीले ईमानदारीले कुरा राखिदियौ भने ऊ आफैं सबल हुन्छे। दर्पण चुपचाप हेरिरह्यो। उसको मन दुई बाटामा अलमलिएको थियो—एकातिर दिप्क्षितासँग बिताएका मीठा क्षणहरू अर्कोतिर घरको दबाब र भविष्यको बाटो। दुई दिनपछि दिप्क्षिता उनीहरूको फ्ल्याटमा आयिन्। बिहानै उनीहरूको कोठाबाट हाँसो रमाइलो र कहिलेकाहीँ विवादको स्वर सुनिन्थ्यो। केही घण्टापछि भने रोएको आवाज आयो। दर्पणले उसलाई धेरै सम्झायो। म पनि केहीबेर सोफामा बसेर कुरा गरेँ। उसको आँखामा आँसु झरेको देख्दा मन कसैलिएर आयो। साँझतिर दर्पणले उसलाई घर पुर्यायो। 👉 Click Here for Full Story