जीवनको बसन्तसँगै मेरो पनि पढाइको नयाँ यात्रा सुरु भयो। +२ सकेर म भक्तपुरको BMC कलेजमा BBS पढ्न भर्ना भएँ। त्यहीँ मेरो जीवनलाई नयाँ मोड दिने एउटा घटना घट्यो। पहिलो दिनदेखि नै मेरो नजर एउटा विशेष अनुहारमा अड्कियो—उनै थिइन् उनी। उनको मुस्कान, हिँड्ने ढंग, अनि सरल बोलीले मलाई पहिलो नजरमै मोहित पारेको थियो। त्यतिबेला म अलि हाउडे स्वभावको थिएँ। साथीहरूसँग रमाइलो गर्दा, कहिलेकाहीँ उनीलाई ध्यान तानेर हेर्न बाध्य बनाउन चक फ्याँकेर, वा क्लासमा अनौठा हरकत गरेर, आफूलाई नोटिस गराउन खोज्थेँ। तर सुरु–सुरुमा उनले खासै वास्ता नगरेको जस्तो लाग्थ्यो। उनको नजर कहिल्यै ममाथि टक्क रोकिन्नथ्यो। म सोच्थेँ, “सायद म उसलाई पटक्कै मन पर्दैन होला।” तर कलेजको वातावरण नै रमाइलो हुन्छ नि। साथीहरूले पनि म र उनीबारे चुप लाग्न सकेनन्। गफगाफमा हाम्रो नाम जोड्न थाले। शायद यही कारणले होला, विस्तारै उनी पनि मेरो कुरामा ध्यान दिन थालिन्। हाम्रो बोलचाल बढ्यो, एक–अर्कासँग व्यवहार नजिकिँदै गयो। अब म उनलाई देख्दा डराउन छोडेको थिएँ, बरु रमाइलो गर्न सहज महसुस हुन्थ्यो। एकदिन मैले उनलाई सहजै भनेँ, “रमाइलो गर्न कतै घुम्न जाउँ न।” सुरुमा उनी हच्किइन्, “गाउँमा सबैले देख्छन् भने त गाह्रो पर्छ।” मैले पनि हाँस्दै भनेँ, “त्यसो भए गाउँबाहिर जाऊँ, कसैले देख्दैन।” साना–साना छलफलपछि हामीले नगरकोट जाने योजना बनायौँ। त्यो खबरले नै मलाई असाध्यै खुसी बनायो। नगरकोटको यात्रा मेरो लागि नयाँ अनुभव जस्तै थियो। हामी दुवै हाँस्दै–गफिँदै पुग्यौँ। वरिपरिको हरियाली, चिसो बतास, टाढै देखिने हिमाल—
सबै वातावरण हाम्रो मनसँगै मिलेर कुनै जादुई क्षण जस्तो लागिरहेको थियो। मनभित्र लुकेको एउटा आवाजले भनिरह्यो—“अब त उसलाई मेरो भावना भन्नै पर्छ।” मैले हिच्किचाउँदै भनेँ, “कतै शान्त ठाउँमा बसौँ न।” उनी मुस्कुराउँदै सहमत भइन्। हामी एउटा शान्त कुनामा पुग्यौँ, वरिपरि पाइनको रुख,
👉 Click Here for Full Story