प्लस टू सकेर म नयाँ जीवनको अध्याय सुरु गरिरहेको थिएँ। काठमाडौंको भीडमा कलेज, पढाइ, साथीभाइ, सबै सामान्य नै थियो। तर, एउटा कुरा चाहिँ असामान्य थियो—मेरो नजर जहाँ पुग्थ्यो, त्यहाँ अनुष्का देखिन्थिन्। उनलाई पहिलो दिन देख्दा नै के कुरा हो, मन कताकता तानिएको थियो। उनी साधारण पोशाकमा पनि सजिलै सबको ध्यान खिच्थिन्। उनीसँग बोल्दा मेरो मुटु ढुकढुक गर्थ्यो, तर बाहिर चाहिँ नर्मल झैँ व्यवहार गर्थें। परीक्षापछि अर्धवार्षिक छुट्टीको दिन थियो। सबै साथीहरू घर लागिरहेका थिए। मलाई भने अचम्मको चाहना भयो—
आज अनुष्कासँग मात्र समय बिताउन पाए कस्तो हुन्थ्यो होला। त्यसैले मैले हिम्मत गरेर सोधें, “आज कतै घुम्न जाने हो? बस एकदिन रमाइलो मात्रै।” उनले सुरुमा अलिकति हिच्किचाउँदै भनिन्, “घरमा थाहा पाए त?” म मुस्कुराएँ, “त्यस्तो केही हुँदैन, बस घुम्न मात्र हो।” थोरै मौन पछि उनले टाउको हल्लाइन्—सहमत भइन्। त्यो पलमै मेरो मुटु भित्रभित्रै खुसीले नाच्यो। हामीले गन्तव्य रोज्यौँ—गोदावरी। बसमा एउटै सिटमा बसेर गफ गर्न थाल्यौँ। उनले पढाइ, परिवार, भविष्यका कुरा गरिन्। म भने बाहिर देखिने हरियाली भन्दा बढी उनको आँखामा हराइरहेको थिएँ। कहिलेकाहीँ मेरो कुहिनो उनको हातमा छुन्थ्यो, र उनी हल्का मुस्कुराउँथिन्। बस यात्रा छोटो भए पनि, मलाई त्यो नै लामो सपना जस्तो लाग्यो। 👉 Click Here for Full Story