म असारको १ गते बिहानै दमौली पुगेँ। दमौलीमा मेरो काम सकेर भोलीपल्ट फेरी काठमाण्डौ फर्किनुपर्ने भएकोले म माइक्रोबस पार्क, पुगेँ। टिकट काटेर ११ बजेको माइक्रोबसमा चढें। माइक्रोबस करिव आधा घण्टा अगाडि बढ्दा घासिकुवामा रोकिन पुग्यो। त्यहाँ तीनजना महिलाहरु चढेर आए। दुइजना पछाडिका सिटमा बसिन् भने एक जना मेरो छेउमा। माइक्रोबस फेरि अघि बढ्यो। केही समय यात्रामा बिताइएपछि चालकले खाना खानको लागि रोक्यो। हामीले नजिकैको होटलमा पसेर खाना खायौं। खाना सकिएर बाहिर निस्कँदा हाम्रो माइक्रोबस त्यहाँ थिएन। थोरै हिचकिचाइपछि थाहा भयो कि गाडी डिजेल हाल्न गएको रहेछ। हामी करिब एक घण्टा चौरमा बसेर गफ गर्दै समय काट्यौं। मेरो छेउमा बसेकी महिला, बिना लामा , माया लाग्दो मुस्कानसहित लिची निकालेर बाँड्दै थिइन्। म पनि लिची खाँदै उनीसँग कुरा गर्न थालें। बिना तनहुँ, भिमादको प्राथमिक विद्यालयमा शिक्षिका थिइन्।
उनका श्रीमान वैदेशिक रोजगारीमा गएका थिए र घरमा दुई छोरी र एक छोरा थिए। उनको एउटी छोरीको एस.एल.सी. नतिजा थोरै अंकले दोस्रो डिभिजनमा नपरेकोले बिना अलि उदास थिइन्। छोरीले काठमाण्डौमा पढ्न जाने तयारी गरिरहेकी रहेछिन्, त्यसैले बिना पनि उनलाई सम्झाएर साथमा गईन्। त्यो बीच माइक्रोबस डिजेल हालेर हामीलाई लिन आएको थियो। अब हाम्रो यात्राको रोमाञ्चक भाग सुरु भयो। माइक्रोबस काठमाण्डौतर्फ लाग्यो। बाटोभर बिनाले मसँग घरको अवस्था, परिवार, कहाँ बस्छु, के गर्छु, जस्ता सामान्य कुरा 👉 Click Here for Full Story