फोनको घण्टी बज्यो। स्क्रिनमा देखियो—समिताको नाम। धेरै दिनसम्म नबोलेको साथी, आवाज मात्र सुन्दा पनि मन हर्षित भयो। उनले सोधिन्, “आज फुर्सद छ त?” फुर्सद कहाँ नहुन्थ्यो र! भेटेको पनि कति समय भइसकेको थियो। हामीले दरबारमार्गको एउटा सानो तर रमाइलो रेस्टुरेन्ट रोज्यौँ। समिता—उनी मेरो जीवनमा अचानक भेटिएकी पात्र। केही वर्ष अघि एक साझा साथीमार्फत परिचय भएको थियो। त्यो बेला उनी अविवाहित थिइन्, जीवनमा नयाँ सपना बोकेकी, आँखाभरि उमंग। समयसँगै धेरै कुरा फेरियो, तर हाम्रो मित्रता भने अझै पनि त्यस्तै गाढा रह्यो। उनी अफिसबाट सिधै रेस्टुरेन्ट आइन्। भित्र प्रवेश गर्दा उनको अनुहारमा देखिएको हल्का थकाइ र मुस्कानको मिश्रण अद्भुत लाग्यो। हामीले सधैंजस्तै कुनाको टेबल रोज्यौँ—शान्त, भीडभाडभन्दा टाढा। भाग्यवश त्यो दिन अरू कोही थिएन, मानौँ त्यो रेस्टुरेन्ट हामी दुईकै लागि बनेको हो। म उनलाई हेर्दै बसेँ। उनी हल्का मुस्कुराइन्, 👉 Click Here for Full Story