लाहुरे बा’को घरमा म डेरा लिएर बस्दै थिएँ। लाहुरेले आफ्ना श्रीमतीबाहेक अरू सबै परिवारजनलाई पल्टनमा लगिसकेका थिए। त्यसैले घरमा तलको भुइँतलामा उहाँकी ममी मात्रै हुनुहुन्थ्यो। माथिल्लो तल्लामा भने तीनवटा कोठा थिए, जहाँ हामी तीन परिवार डेरा गरेर बसेका थियौँ। तीन कोठामध्ये एउटा कोठामा म एक्लै थिएँ। अर्को कोठामा दुई जना विद्यार्थी साथीहरू बस्थे। तेस्रो कोठामा चाहिँ दिक्तेलतिरका प्रहरी हल्द्वारकी पत्नी—दिब्या—उनकी छोरी र छोरा सँगै बस्थिन्। सुन्ने हल्ला के थियो भने त्यो हल्द्वारले कतै लुकिछिपी अर्को बिहे गरेको रहेछ। त्यसैले दिब्या दिदी दुई सन्तानसहित त्यहाँ डेरा गरेर बसेकी थिइन्।
उनको छोरा छोरी त मलाई निकै नजिकै भएजस्तै लाग्थे। खेल्न आउँदा उनीहरू प्रायः मेरो कोठामै टाँसिन्थे। पक्कै अरू कोठामा पनि गइहाल्थे, तर मलाई भने विशेषै रुचाउँथे। तर दिब्या दिदीसँग भने म खासै बोल्दिनथेँ। उहाँले चाहिँ बेलाबेला बोलाउनु हुन्थ्यो—नास्ता बनेपछि “खान आउनुस् न” भन्थिन्। मासु पकाउँदा पनि निम्ता दिन्थिन्। तर अर्को कोठामा बस्ने दुई केटाहरूलाई भने खासै वास्ता नगर्ने बानी थियो उहाँको। त्यो समय “सक्किगोनी” 👉 Click Here for Full Story