निन्द्राबाट अकस्मात् आँखा खुल्यो । मोबाइल हेर्दा ५:३० भइसकेको रहेछ । ‘अरे ! ६ बजे त शुटिङ स्थल पुग्नुपर्ने !’ मनमा एकाएक हतारो बढ्यो । अझ आफ्नै सवारीसाधन पनि थिएन, गाडी छुट्ने ठाउँ ६ नबज्दै पुगिसक्नुपर्ने थियो । त्यही सोच्दै म हतार–हतार दाँत माझेँ, अनुहार धुने काम सकेँ र अलमारी खोलेर चाँडै जिन्स र सेतो टि-शर्ट लगाएँ । एक हातले कपाल मिलाउँदै बाटो लागेँ । भाग्यले साथ दियो, गाडी छुट्नै लाग्दा म समयमै पुगेँ ।
साथीहरू सबै आइसकेका थिए । कोरोनाको लामो लकडाउनपछि बल्ल त खुलेको समय, धेरै मानिस भेला हुन नहुने नियमबीच, २५–२६ जनाको सानो टिमसहित हामीले शुटिङ गर्ने अनुमति पाएका थियौं । त्यसदिन काठमाडौंको एक banquet मा हाम्रो टिम व्यस्त थियो । शुरु–शुरुमा आफूलाई ठूलो नायकभन्दा कम नठानेको म, कति अडिसन धाएँ तर कोहीले विश्वास गरेनन् । पैसा थिएन, चिनेजानेकाको भरपर्दो सहारा पनि थिएन । पढाइ–लेखाइ गरेर जागिर खान सक्थें तर अभिनय र सिनेमाप्रति लागेको हुटहुटीले परिवार छाडेरै अघि बढेको थिएँ । यही संघर्षमै पाँच वर्ष बितिसकेको रहेछ ।
👉 Click Here for Full Story