तीन महिना अघिको कुरा हो। म ढल्केर खाटमा पल्टिएको थिएँ, मोबाइलमा फेसबुक चलाउँदै। अचानक एक जना अपरिचितबाट फ्रेन्ड रिक्वेस्ट आयो। सुरुवातमा त सामान्य लाग्यो, तर मैले स्वीकार गरेँ। त्यसपछि हल्का ‘हाइ’ र ‘हेलो’को आदानप्रदान भयो। कुरा गर्दै जाँदा थाहा पाएँ, ऊसँगका केही आफन्तलाई त म पहिले नै चिन्दो रहेछु। यही कारणले हामीबीच कुरा झन् सहज हुँदै गयो। दिन प्रतिदिन हाम्रो संवाद बढ्दै गयो। उसको बोली, उसको शैली, अनि उसको आत्मीयपनाले मलाई तानेको महसुस गर्थेँ। केही हप्ता नबित्दै उसले मलाई प्रस्ताव राख्यो। सुरुमा त म अलिक अचम्ममा परेँ, तर मेरो मन पनि पहिले नै उसतिर आकर्षित भइसकेको थियो। त्यसैले मैले ‘हो’ भनिदिएँ। त्यस दिनदेखि हामी दुईबीचको सम्बन्ध नयाँ यात्रामा प्रवेश गर्यो। उसको ठाउँबाट मेरो ठाउँ आउन करिब सात घण्टा गाडीमा यात्रा गर्न पर्थ्यो। दूरी लामो भए पनि हाम्रो सम्बन्ध दिनानुदिन गहिरिँदै गयो।
मजा त के भने, उसको पुरानो घर पनि हाम्रो रुकुममै पर्थ्यो, जहाँ उसका धेरै आफन्त अझै बसिरहेका थिए। सम्बन्धलाई सात महिना जति बितिसकेको थियो। एक दिन ऊ आफ्ना आफन्तलाई भेट्न रुकुम आउने भयो। तर वास्तविक कारण त म पनि नै थिएँ—उसलाई मलाई प्रत्यक्ष देख्ने मन थियो। ऊ भोलिपल्ट आउँछ भन्ने सुनेर त्यो रात मलाई निन्द्रा
👉 Click Here for Full Story