कहिल्यै नसोचेको क्षणमा हाम्रो भेट भएको थियो। कलेजको पहिलो वर्षको सुरुवात थियो, सबै नयाँ अनुहारहरूबीच उसलाई देख्दा मन कताकता हल्लिएको अनुभव भयो। अभया कुनै साधारण केटी थिइन, उसको आँखामा एउटा रहस्य थियो—ठ्याक्कै भनौं भने, हाँस्दा उसको गालामा पर्ने सानो डिम्पलले मलाई पहिलो दिनमै आकर्षित गरिसकेको थियो। हामी सुरुमा साथी थियौँ। क्लासमा नोट्स साटासाट गर्ने, प्रोजेक्टको तयारीमा सँगै रातभर किताब पल्टाउने, अनि कहिलेकाहीँ सानो-सानो कुरा झगडामा परिणत गर्ने।
तर झगडा जति भए पनि, अर्को दिन फेरि हाम्रो कुरा सुरु हुन्थ्यो। यहीँ बानीले गर्दा हामी अझ नजिकिँदै गयौँ। एकदिन पुस्तकालयको कुनामा बस्दा मैले उसको मनपर्ने किताब देखाइदिएँ, अनि उसले हाँस्दै भन्यो– “तिमीलाई त मेरो मन पढ्ने कला आउँछ जस्तो छ।” त्यो हाँसोले मलाई भित्रैसम्म छुयो। त्यतिबेला लाग्यो, हाम्रो सम्बन्ध केवल साथीको सीमामा 👉 Click Here for Full Story