घरमा बिहेको माहोल थियो। फुपुको छोरा दाइ उमेरले अठाईस पुगेकाले विवाहको दबाब बढ्दै गएको थियो। "पहिले दाजुको विवाह, अनि मात्र बैनीको," भन्ने पुरानो परम्परा सम्झाउँदै घरका मान्छेहरूले दाइलाई निरन्तर पेलिरहेका थिए। अन्ततः दाजुका लागि योग्य युवती पनि भेटिइन्—२४ वर्षकी, सुशिक्षित, अनुहारमा मिठास झल्किने। बिहे हुने दिन घरभरि भीडभाड नै थियो। दुलाह अन्माउने बेलासम्म गोष्ठी कक्षमा मानिसहरूको हल्ला, रमाइलो र गीत-संगीतले वातावरण रंगीन बनाइसकेको थियो। त्यही भीडमा मैले पहिलो पटक उनलाई देखेँ—ज्योत्सना। रातो सारी, सानो मात्र मेकअप, मुस्कानमा अद्भुत चमक। भीडभाडमा पनि उनको आगमनले सबैको ध्यान तानेको थियो। म त खासै कुरा गर्न पाइनँ, तर नजर भने उनका वरिपरि घुमिरहे। त्यो दिनको छोटो भेटपछि उनको बारेमा धेरै जिज्ञासा बढ्यो। पछि थाहा पाएँ—ज्योत्सना मेरो बाको मामाघरतिर पर्ने। नाताले बैनी नै भए पनि उमेरले करिब करिब बराबरी। मलाई लागेको थियो २४–२५ वर्षकी होलिन्, तर उनी त भर्खरै बीस पुगेकी, स्नातक तेस्रो वर्षमा पढ्दै। त्यो थाहा पाउँदा झन् अनौठो लाग्यो। बिहे सकिएपछि, फोटो खिच्ने बहानामा फेरि भेट भयो। उनले नै "मेरो केही फोटो खिचिदिनुस् न" भनेपछि मोबाइलमा कैयौँ तस्वीर खिचें। पछि उनलाई सानिमाको घर चाकुपाटसम्म पुर्याइदिएँ। त्यही बेलामा हामीबीचको दूरी अलिक नजिकिएको अनुभव गरेँ।
साँझ घर फर्केपछि फेसबुक र इन्स्टाग्राममा अनुरोध पठाएँ। केही दिनमै उनको प्यारी तस्बिरहरू मेरो स्क्रिनमा झुल्किन थाल्यो। म पनि दिनहुँ उनको स्टोरीमा हराइरहन्थेँ। एक वर्ष जति बितिसकेको थियो। एक दिन अचानक उनको सन्देश आयो— “दाजु, म काठमाडौँ आउँदैछु। " मलाई उनलाई सहयोग गर्ने मन थियो, किनभने सानो अवसर पनि सम्बन्ध गाढा बनाउन ठूलो कारण बन्न सक्छ भन्ने विश्वास राख्थेँ। म काठमाडौँमै सानो ग्राफिक डिजाइन कम्पनी चलाउँथेँ। छ जनाजति कामदार थिए। ” उनले हर्षसाथ जवाफ दिइन्—“छ, दाजु। ” त्यसपछि उनी नियमित अफिस आउन थालिन्। सुरुमा काम अलिक गाह्रो लाग्थ्यो। ” दिन बित्दै गए। अफिस सकिएपछि प्रायः म उनलाई बाइकमा सानिमाको घर पुर्याइदिँथेँ। बाटोमा सामान्य कुरा हुन्थे—पढाइ, परिवार, भविष्य। तर ती सामान्य कुरामा पनि मिठास थियो। मलाई उनको हाँसो र सरल स्वभावले लोभ्याइरहेको थियो। एक दिन मैले उनलाई चिया-नास्ता खान लिएर गएँ। सानो रेस्टुरेन्टमा बस्दा उनले आफ्नो घरका कुरा सुनाइन्। "बुबा काठमाडौँ आउँदै हुनुहुन्छ," भन्दै उनी उत्साहित देखिएकी थिइन्। ” त्यसपछि कुरा बसाइकोतिर घुम्यो। अफिस टाढा भएकाले उनलाई आउजाउमा समस्या थियो।
👉 Click Here for Full Story