एक दिन अनचिन्ते नम्बरबाट फोन आयो। सामान्यतया मैले यस्ता मिसकलहरूलाई नजरअन्दाज गर्ने गर्थेँ। तर त्यही दिन केही कारणले त्यो नम्बरमा फोन उठाएँ। अर्कोतिर महिलाको स्वर सुनियो, भनी उनले विनम्रतापूर्वक भनिन्, “माफ गर्नु होला सर, नम्बर गलत परेको जस्तो छ।” उनले बुटवलबाट फोन गरेकी रहेछिन्। मैले मुस्कुराउँदै भनेँ, “कुनै समस्या छैन।” अनि सहजै कुरा सुरु भयो। सुरुमा सानो परिचय, त्यसपछि सामान्य कुरा र त्यसपछि हाम्रो संवाद विस्तारै व्यक्तिगत र गहिरो बन्दै गयो। एक हप्ता भर हामी एसएमएस र फोनमा कुरा गरिरह्यौं। त्यसै बीच उनले आफ्नो तस्वीर पठाइन् – क्यूट अनुहार, मृदु मुस्कान र मिठो भाव। उनले भनिन् कि उनी अंग्रेजी साहित्यमा एमए पास गरेकी छिन् र कलेजमा पार्टटाइम शिक्षक पनि हुन्।
मलाई उनको सरलता र संवेदनशीलता दुवै मन पर्यो। समय बित्दै गयो, हामी एकअर्कालाई धेरै कुरा थाहा पाइसकेका थियौं। उनका परिवार, श्रीमान, बच्चा र घर माईतीको बारेमा जानकारी संकलन भएको थियो। हामी फोन र सन्देशमार्फत आफूबीचको भावनालाई गहिरो बनाउन थाल्यौं। भेटघाटको कुरा आउँदा दुवैमा उत्साह थियो। म पहिले पनि बुटवलमा पुगेको थिएँ, त्यसैले त्यहाँको वातावरण नयाँ थिएन। त्यही समयमा बुटवलका केही साथीहरूले हाम्रो सामाजिक संस्था बैठकको कुरा जानकारी गराए। मैले उनलाई जानकारी गराएँ, “तिथिमिति निश्चित भएपछि खबर दिनेछु।” सात–आठ महिनासम्म फोनमा बसेको मायालाई प्रत्यक्ष भेटेर साकाररूप दिन पाउँदा हामी दुवै अत्यन्तै खुशी भयौं। २०७६ सालको मार्ग ९ गते बैठक तय भयो। तर ३–४ दिन अगाडि प्रयास गर्दा सम्पर्क हुन सकेन। पछि थाहा भयो कि उनको श्रीमान सुदूर पश्चिमबाट कामको कारण केही दिनको विदा लिएर आएका रहेछन्। निराश हुँदै म ८ गते नारायणघाटबाट बैठकमा सहभागी हुने एक जना साथीलाई साथमा लैजाने उद्देश्यले माईक्रोबस चढें। बीच बाटो मुग्लिङ–मनकामनाको बीचमा उनको फोन आयो। मैले तुरून्तै भनेँ, “म बुटवल आउँदैछु।” उनले उत्तर दिइन्, “म नारायणघाट आफ्नो घर आउँदैछु।” हामीले सहमति गर्यौं, “पहिला भेटौं।” त्यसपछि भेट भयो। नारायणघाटमा हामीले खाजा खायौं, हाँसौं र 👉 Click Here for Full Story