यो मेरो जीवनको एउटा विशेष पानामा लेखिएको कहानी हो, जुन मेरो दाजुको विदेशबाट आएका मित्र र मेरो भेटबाट सुरु हुन्छ। उनको नाम रबी हो। रबी दाजुको निकै मिल्ने साथी, तर मेरो लागि उनी केवल दाजुको साथी मात्र रहेनन्, बिस्तारै मेरो दिनचर्यामा मिसिँदै हृदयमा खास ठाउँ बनाउन थाले। रबी अमेरिकामा बस्छन्। त्यहाँ उहाँको स्थायी जीवन छ, तर परिवार भने सबै टाढा छन्। दिदी अष्ट्रेलियामा बस्छिन् र आमा-बुबा धेरै अघि नै संसार छाडिसक्नुभएको रहेछ। बाहिरबाट कठोर देखिने तर भित्र निकै नरम मुटु भएको मान्छे रहेछन् रबी। फेसबुक र स्काइपमार्फत् हाम्रो पहिलेदेखि नै बोलचाल चल्थ्यो। उहाँ आफ्ना कुरा, दुख-सुख, प्रेमसम्बन्धका उतारचढाव सबै मेरो सामु खुलस्त राख्थे। दाजु भन्थे, "रबी दाइलाई तपाईं भन्न सिक!" तर मलाई ‘तिमी’ भन्न मन लाग्थ्यो। सायद हामीबीचको सम्बन्ध पहिले देखिनै अलि नजिकिएको थियो। रबीलाई पनि त्यस्तोमा कुनै आपत्ति थिएन।
बरु उनी मुस्कुराउँदै भन्थे, “तिमी भन्नु नै राम्रो लाग्छ, आत्मीय महसुस हुन्छ।” उनी नेपाल आउने कुरा गर्दा निकै उत्साहित थिएँ म। उनले सोधेका थिए, “के चाहिन्छ, म ल्याइदिन्छु।” म झट्टै केही भन्न सकिनँ, बस भनेँ, “तिमीलाई जे मन लाग्छ, ल्याइदेऊ।” तर जब उनले मलाई भेट्दा ठूलो झोलामा भरिपूर्ण उपहार देखाए, मेरो आँखा नै
👉 Click Here for Full Story