बिरगन्जको भीडभाड, धुवाँधुलो र गाडीको होहल्ला छाडेर जब उनीहरू पोखरा पुग्छन्, मनमा एउटा नयाँ ताजगी छाउँछ। उपत्यकाको घुटनभरिको जीवन पछाडि पारेर हरियालीले सजिएको पोखराको दृश्यले उनीहरूलाई अचम्मै रमाइलो महसुस गराउँछ। सेतो हिमाल टल्किरहेको, फेवाताल शान्त भएर आकाश झैं अडिएको, वरिपरि पर्यटक हिँडिरहेका– त्यही रमणीय पोखरा उनीहरूको छोटो तर यादगार यात्राको गन्तव्य बन्छ। दिनभर उनीहरू पोखराका ठाउँ–ठाउँ घुम्छन्। कहिले फेवाताल किनारमा डुङ्गा चढ्छन्, कहिले बिन्ध्यवासिनी मन्दिर पुगेको सम्झिन्छन्। कहिले महेन्द्र गुफा हेरेर अचम्म मान्छन् त कहिले विश्वशान्ति स्तूपाबाट सम्पूर्ण पोखरा निहार्छन्। दिन त रमाइलो बित्छ तर साँझ झन् रमाइलो बन्ने आभास हुन्छ। साँझ पर्दा उनीहरू एउटा सुन्दर र आरामदायी होटलमा पुग्छन्। होटलको खाता किताबमा नाम लेख्दा जब “मिस्टर एन्ड मिसेज मौलिक” भनेर दर्ता हुन्छ, रुबिना केही क्षणको लागि लजाउँदै मुस्कुराउँछिन्। मनमा अज्ञात मिठासको तरङ्ग फैलिन्छ। श्रीमानसँगको परिचय कागजमा मात्र होइन, जीवनमै गहिरो भएर जोडिएको अनुभूति उनलाई हुन्छ। होटलको कोठामा प्रवेश गर्दा उनीहरू दुवै 👉 Click Here for Full Story