म ७ कक्षामा पढ्दै थिएँ, त्यो बेला हाम्रो विद्यालयको सबैभन्दा लोकप्रिय विद्यार्थी आर्जु दिदी हुनुहुन्थ्यो। उहाँ १० कक्षामा पढ्नुहुन्थ्यो, तर पढाइ मात्र होइन, उहाँको बोली, व्यवहार र व्यक्तित्वले सबैलाई आकर्षित गर्थ्यो। गाउँका शिक्षकदेखि साथीहरूसम्मले उहाँलाई “ज्ञानी नानी” भनेर सम्बोधन गर्थे। दिदी पढाइमा मात्र होनहार होइन, अनुहारमा पनि मुस्कान झल्काउने किसिमकी थिइन्। हरेक दिन उहाँलाई देख्दा मलाई कुनै अज्ञात खुशी मिल्थ्यो। तर स्कुलका ठूला केटाहरु दिदीलाई देखेर हल्ला गर्छन्, मलाई जिस्क्याउँछन्। “तेरो दिदी त कस्तो राम्री! भेटाइदे न…” भन्ने उनीहरुको कुरा सुन्दा मेरो भित्र रिस उथ्थियो।
मलाई लाग्थ्यो, दिदी त केवल हाम्रो परिवारको, मेरो मात्र प्रिय हुनुहुन्छ। कसैले यसरी जिस्क्याउनु, पच्छ्याउनु मलाई मन पर्दैनथ्यो। १० कक्षा पछि हाम्रो गाउँको विद्यालयमा पढाइ सकिन्थ्यो। त्यसपछि बुबाले आर्जु दिदीलाई काठमाडौं पठाइदिनुभयो। उहाँ होस्टेलमा बस्न थाल्नुभयो र कलेजमा भर्ना हुनुभयो। घर सुन्नासार लाग्न थाल्यो। दिदी नभएको घर र स्कुल दुवै सुनसान जस्तै लाग्थ्यो। मैले कक्षा ९ मा पुग्दा, दिदी १२ कक्षामा हुनुहुन्थ्यो। त्यही समयमा बुवाले मलाई पहिलो पटक मोबाइल किनिदिनुभयो। त्यो उमेरमा मोबाइल भनेको मानौँ जादुको वस्तु जस्तै थियो। साथीहरूसँग घमण्ड गर्न पाइने, रमाइलो गर्न पाइने। सुरुमा त म साथीहरूसँग रमाइलो कुरा मात्रै गर्थें, तर एक दिन अचानक म्यासेन्जरमा दिदीको रिक्वेस्ट आयो। म निकै उत्साहित भएँ। लामो समयपछि दिदीसँग लामो कुरा गर्ने मौका मिलेको थियो। त्यसै क्रममा उहाँले आफ्नो इन्स्टाग्राम अकाउन्टको कुरा गर्नुभयो। म चुपचाप उहाँको प्रोफाइल हेर्न थालेँ। त्यहाँ १५–२० वटा फोटो पोस्ट थिए। सबै फोटोहरूमा दिदी एकदमै शालीन र आत्मविश्वासी देखिनुहुन्थ्यो। कहिले होस्टेलको झ्यालबाट खिचिएको, कहिले साथीहरूसँग हाँसेको, कहिले परम्परागत लुगामा सजिएको। दिदीलाई साडीमा देख्दा मैले पहिलो पटक उहाँलाई फरक ढंगले अनुभव गरेँ। अनुहारमा झन् आत्मविश्वास झल्किरहेको थियो। उहाँको ठूला आँखामा एक प्रकारको चमक थियो, जसले मलाई बाल्यकालमा उहाँसँग बिताएका पल सम्झाइरहेको थियो। जब दिदी घर आउनुहुन्थ्यो, हामी घण्टौं कुरा गर्थ्यौँ—पढाइ, सपना, काठमाडौंको अनुभव, भविष्यका योजना…। उहाँले भन्नुहुन्थ्यो, “पढाइलाई जीवनको साथी बनाउन सक्नुपर्छ। रूप र सौन्दर्य त समयसँगै हराउँछ, तर ज्ञान कहिल्यै हराउँदैन।” यी शब्दहरूले मलाई धेरै प्रभावित 👉 Click Here for Full Story