मेरी कान्छी बहिनीको लभ म्यारिज भएको हो । क्याम्पस सँगै पढ्ने कुनै राई केटासँग ऊ भागेको एक वर्ष मात्रै भएको छ । हामी तामाङ परिवारका । आमाबुबा एकदमै कट्टर हुनुहुन्छ । हामी तीनै दिदीबहिनीको बिहे आफ्नै जातको केटासँग भएको हो । तर कान्छी बहिनी प्रेन्सीले चाहिँ आफ्नै मर्जीले बिहे गरेकोमा बुबाआमा यति रुष्ट हुनुभयो कि ऊसँगको सम्पर्क नै बन्द भयो । हाम्रो लागि प्रेन्सी मरी भनेर बुबाआमा सधैँ भनिरहनुहुन्थ्यो । सबैले पुल्पुल्याएर हुर्किएकी प्रेन्सीले यसरी कुनै जानकारी नै बिना बिहे गरेकोले हामी सबैले अपमानित भएको महसुस गरिरहेका थियौँ । उसको माया त लाग्थ्यो तर उसले दुःख पाउलीकी भन्ने चिन्ता पनि थियो । प्रेन्सीले पनि हामीसित डराएर हो अथवा रिसाएर हो कुनै सम्पर्क नै गरेकी थिइन । खाली ऊ ईलाममा बस्छे, स्कुलमा पढाउँछे । उसको लोग्ने अर्थात्हाम्रो ज्वाइँ बैँकमा काम गर्दछन् भन्ने सम्म हामीलाई जानकारी थियो । एकदिन प्रेन्सीको फोन आयो । 👉 Click Here for Full Story