पहिला–पहिला मैले अरू केटीहरूसँग पनि रिलेशन राखेको थिएँ । तर ती सम्बन्धहरू खासै लामो टिकेनन् । दुई हप्तामात्र टिक्ने अनि फेरि ब्रेकअप हुने चलनजस्तै भएको थियो मेरो जीवनमा। उनीहरूले मलाई खासै वास्ता नगरेझैँ लाग्थ्यो, र म पनि त्यति धेरै गहिरो महसुस गर्न पाउँदिनथेँ। तर अहिले चाहिँ सबथोक फरक छ। अहिले मेरो जीवनमा आएकी छिन् अनुषा। ऊ एकदमै मिठी, प्यारी अनि मासूम अनुहार भएकी छे। उसको मुस्कान देख्दा मलाई भित्रैसम्म शान्ति मिल्छ। हामी दुईबीच रिलेसन सुरु भएको करिब छ महिनाभएको छ, अनि यो समय मेरो जीवनको सबैभन्दा रमाइलो अनि सुन्दर क्षणजस्तै लाग्छ। अनुषालाई मैले पहिलोपटक कलेजको कार्यक्रममा देखेको थिएँ। त्यो दिनदेखि नै ऊ मेरो नजरमा बसिरही। ऊ त मभन्दा तलको ब्याचकी थिइन्, तर त्यसले मेरो आकर्षणमा कुनै फरक पारेन। सुरुवाती दिनमा म उनलाई मनपराउँछु भन्ने कुरा सजिलै भन्न सकिनँ। हिम्मत नै हुँदैनथ्यो। ब्रेक टाइममा म सधैं उनको कक्षाको ढोकामा पुग्थेँ, निहुरिएर भए पनि एकपटक देख्न पाएँ भने मन खुसी हुन्थ्यो। उनको कक्षामा केही केटीहरूसँग मेरो बोलचाल हुन्थ्यो, त्यसैलाई बहाना बनाएर म त्यहाँ पुग्थेँ। तर अनुषालाई प्रत्यक्ष प्रपोज गर्ने साहस भने कहिल्यै जुट्दैनथ्यो। डर लाग्थ्यो—के हो, उसले हाँसेर नमान्छे कि? के हो, हाम्रो मित्रता नै टुट्छे कि? यस्तो धेरै कुरा दिमागमा खेल्थे। कलेजको फेयरवेल प्रोग्रामको दिन मैले मनभित्र ठानें–आज भने अनुषालाई प्रपोज गर्नेछु। तर जब समय आयो, मुख खोल्नै सकिनँ। त्यस दिन मलाई आफ्नै डरले जित्यो। तर त्यो दिनको अर्को खुसी भने के 👉 Click Here for Full Story